बेलायतले पनि बेइजिङ ओलम्पिकलाई ‘कुटनीतिक बहिस्कार’ गर्ने

लण्डन । बेइजिङमा हुन लागेकाे हिउँदे ओलम्पिकलाई बेलायतले पनि कुटनीतिक बहिस्कार गर्ने भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार बेलायती संसदमा सो कुराको जानकारी गराएका हुन् ।

चीनमा मानवअधिकार उल्लंघनका घटनाका कारण बेलायतका कुनै पनि मन्त्रीले बेइजिङ ओलम्पिकका समारोहमा भाग नलिने उनले स्पष्ट पारेका छन् ।

पछिल्ला समयमा चीन र पश्चिमी देशहरुबीच सम्बन्ध चिसिएको छ । जसका कारण अमेरिका र अष्ट्रेलियाले पनि बेइजिङ ओलम्पिकमा मन्त्रीहरु नपठाउने निर्णय गरिसकेका छन् । उनीहरुले बेइजिङ ओलम्पिकको ‘कुटनीतिक बहिस्कार’ भन्दै खेलाडीहरुले ओलम्पिकमा भाग लिने तर सरकारी अधिकारीहरुले भाग नलिने बताएका छन् ।

बेलायत, अमेरिका र अष्ट्रेलिया पछिल्ला दिनमा चीनलाई नियन्त्रणमा लिनका लागि ओकास नामक सम्झौतामा सहकार्यमा पनि छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री