काठमाडौँ। राप्रपाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, सङ्गठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता गर्न महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
पार्टीको एकता महाधिवेशन पश्चात् आज नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अर्का महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय निर्वाचन परिचालन समिति गठन गरेको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति गठन गरिएको छ ।
पार्टीका नवनिर्वाचित सबै पदाधिकारी एवं सदस्यले सङ्गठनमा अनिवार्य बुझाउनुपर्ने रकम निर्धारण गर्न अर्का महामन्त्री कुन्तीकुमारी शाहीलाई संयोजक तोकिएको छ । बैठकले पार्टीका सबै भ्रातृ सङ्गठनलाई आगामी १५ दिनभित्रमा अनिवार्यरूपले महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना र कार्यतालिका पेश गर्न निर्देशन दिने निर्णय गरेको छ ।
आगामी पुस महिनाभित्र सबै प्रदेश कार्यसमितिलाई विस्तारित बैठक बोलाउन निर्देशन दिइएको छ । बैठकले विभिन्न कालखण्डमा राप्रपामा आवद्ध रहेको तर विभिन्न कारणले परित्याग गरेका, निष्क्रिय रहेका, अर्को पार्टीमा गई भूमिकाविहीन भएकालाई परिवर्तित अवस्थामा पार्टीमा फर्कन आग्रह गरेको छ ।
महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र लक्ष्य प्राप्तिका लागि आगामी पुस महिनाको पहिलो हप्तासम्म बैठक राख्न र सङ्गठनलाई गतिशील र चलायमान बनाउन जिल्ला कार्यसमिति, सङ्घीय निर्वाचन क्षेत्रीय समिति, प्रदेससभा निर्वाचन क्षेत्रीय समिति र स्थानीय तहअन्तर्गतका समितिलाई बैठकले निर्देशन दिएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?