बागलुङ। ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो शिकार याममा तीन नाउर र एक झारलको शिकार हुन सकेन ।
दुई नाउरको शिकारमा शिकार चुके भने एक झारल र एक नाउरको शिकार गर्न अनुमति पाएका शिकारी नेपाल नै आएनन् । यही कारण निर्धारित कोटाअनुसार वन्यजन्तुको शिकार हुन नसकेको हो ।
यस वर्षको पहिलो शिकारमा जम्मा नौ नाउर र तीन झारलको शिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसिएन नागरिक इभिजिनी सिरोक्यो शिकारको लागि आएनन् ।
उनले हिमालयन वाइल्ड आउट फिटरमार्फत शिकार अनुमति लिएका थिए । व्यक्तिगत कारण देखाउँदै शिकारको लागि नआएको फिटरका सञ्चालक शेरबहादुर वाइवाले जानकारी दिए । उनले सुन दह शिकार ब्लकमा एक नाउर र एक झारल शिकार गर्ने अनुमति लिएका थिए ।
यो शिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर, ओभिन एन्टोनी नोयलले सेन ब्लकमा एक नाउरको शिकार गरे पनि फागुने ब्लकमा एक झारलको शिकार गर्न सकेनन् ।
हिमालयन सफारीमार्फत मेक्सिकन नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लकमा एक नाउरको शिकार गरे । मेक्सिनक नागरिक कार्लाेसले सेन ब्लकमा एक नाउर मारे पनि झारल भने मार्न सकेनन् ।
ट्याक एण्ड ट्रभाल्सले दुई जना युक्रेनी नागरिकलाई शिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको शिकार गरेका थिए । ग्लोबल सफारीमार्फत दोगाडी ब्लकमा पुगेका स्पेनिस नागरिक जोएक्वाईन बेन्जिमेनले एक नाउरको शिकार गरेको ढोरपाटन शिकार केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । स्पेनिस नागरिक मुगलले पनि सोही ब्लवकमा नाउरको शिकार गरेका थिए ।
चेक रिब्लिकन नागरिक रोमनले सुन दह ब्लकमा एक झारल र एक नाउरको शिकार गरेको ग्लोबल सफारीका सञ्चालक शमशेर पराजुलीले बताए । ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिंङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तराष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिंगको प्रतिष्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार