कर्णाली। मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ ।
विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पु¥याएको विशिष्ट योगदानस्वरुप मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने निर्णय गरेको हो । काठमाडौँमा दीक्षान्त समारोह आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले वरिष्ठ संस्कृतिविद् जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने औपचारिकपत्र हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो ।
उपकुलपति सिंहका अनुसार जोशीको नेतृत्वमा कर्णालीको लोक संस्कृति, लोकवार्ता र इतिहासको अध्ययन, अनुसन्धानमा सहयोग पु¥याउने अन्य चार जनालाई पनि विश्वविद्यालयले सम्मान गर्ने छ । बिहारीकृष्ण श्रेष्ठ, स्वर्गीय प्रदीप रिमाल, स्थिरजङ्गबहादुर सिंह र चुडामणि बन्धुलाई कदरपत्र प्रदान गरिनेछ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार