काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीका उम्मेदवार नायिका रेखा थापाले पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् । महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी थापाले चार बर्ष अवधिमा पार्टीका अधिकांशको मत जित्न सफल भएकोमा खुसी ब्यक्त गरेकी हुन् ।
‘कुन्तीजी राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, उहाँको पार्टीभित्र लामो योगदान छ,’ थापाले भनिन्, ‘म चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेको हुँ तै पनि मलाई उल्लेख्य मत आएको देख्दा व्यक्तिगत रुपमा म प्रसन्न छु ।’ राप्रपा एकता महाधिवेसनमा मत प्रकट गर्ने सबैलाई थापाले धन्यवादसमेत दिएकी छन् ।
शाहीले २ हजार ८ मत ल्याउँदा थापा भने ३ सय ६८ मतले पछि पर्दै १ हजार ६ सय ४० मत सीमित भएकी थिइन । अध्यक्षको अर्का प्रत्यासी कमल थापा पराजित भएको राप्रपा महाधिवेशनमा रेखा विजयी लिङ्देन समूहबाट महिला महामन्त्रीको उम्मेदवारी थिइन् ।
चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेकी अभिनेत्रीसमेत रहेकी शाहीलाई थापाले बधाई ज्ञापनसमेत गरेकी छन् । ‘चुनावी प्रतिस्पर्धामा जे–जे भए पनि कुन्तीजीलाई मेरोतर्फवाट विजयी हुनु भएको बधाई भन्न चाहन्छु,’ थापाले आगामी योजनाबारे भनिन्, ‘अब म राप्रपामा आबद्ध सबैको मन जित्ने कोसिसमा लाग्नेछु, अब पार्टीलाई झन् सशक्त बनाउने मेरो प्रयास हुनेछ ।’
थापाको बुझाई राप्रपा महाधिवेशनमा आफुलाई ‘गणतन्त्रवादी’ भनेर महाधिवेशनस्थलमा प्रचार गरिएका कारण पनि पराजित हुनु परेको हो । ‘म नेपालवादी भनेर मत मागिरहे । तर अधिवेशनभर केहीले मलाई गणतन्त्रवादी भनेर प्रचारबाजी गर्दा पनि मेरो पराजय भएको हो कि भन्ने मेरो बुझाई छ,’ उनले भनिन् । नेपाल र नेपाली जनताका लागि आफू सदैव जीवन अर्पित गर्न तयार भएर अभिनयबाट राजनीतिमा प्रवेश गरेको थापाको भनाइ छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा