पोखरा । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा पौडेल पक्षले कब्जा जमाएको छ ।
यहाँ पदाधिकारीका अधिकांश पदमा संस्थापन इतरका नेताहरु विजयी भएका छन् । सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा विजयी भए । शर्माले ६ सय १२ मत पाउँदा संस्थापन पक्षका अर्जुन ५ सय २८ मत मात्रै पाए ।
उपसभापतिमा दुइटै स्याङ्जाका उम्मेद्वार विजयी भएका छन् । संस्थापन पक्षबाट मेखलाल श्रेष्ठ र संस्थापन इतरबाट कल्पना तिवारी विजयी भए । संस्थापन पक्षकै नेत्र महत र संस्थापन इतरका हरिप्रसाद श्रेष्ठ पराजित भएका छन् । गण्डकीको पदाधिकारीमा संस्थापन पक्षबाट मेखलालमात्रै विजयी भएका हुन् ।
तिवारीको ६२४ मत आउँदा दोस्रो बनेका श्रेष्ठको ५५६ मत छ । तेस्रो बनेका हरिको ५४८ तथा अन्तिम भएका नेताको ४५७ मत आएको छ ।
महामन्त्रीमा अन्तिम अवस्थामा विष्णु लामिछानेले लिड गर्दै देउवा पक्षका उम्मेद्वारलाई हराए । पहिलोमा किरणबावु श्रेष्ठले ५७३ मत र दोस्रो बनेका विष्णुको ५६७ मत आएको छ । तेस्रोमा कुमार खड्काको ५५६ र चौंथो भएका इश्वर पाण्डेको ४७३ मत आयो । ११ सय मत गन्दा दोस्रोमा कुमार खड्का थिए ।
सहमहामन्त्रीका पनि सबै पदमा पौडेल पक्षले जितेको छ । महिला सह महामन्त्रीमा कोपीला रानाभाट ५५२ मत सहित विजयी हुँदा संस्थापन पक्षकी ओमकला गौतम ४८८ मत सहित पराजित भइन् ।
खुला सहमहामन्त्रीमा रमेश कुमार सर्वाधिक भोट ल्याएर विजयी भएका छन् । उनले ६१८ मत पाएका हुन् । ५६९ मत ल्याएर दोश्रो हुँदै रामचन्द्र जोशी पनि विजयी भएका छन् ।
संस्थापन पक्षका झुलबहादुर आलेले ४८८ र राजराज पन्तले ४३१ मत पाए । गोरखाबाटै राजनको वागी उठेका युवराज बस्ताकोटीको ९२ मत छ ।
सदस्यहरुमा पनि पौडेल पक्ष नै अगाडि छ । अहिलेसम्म ३ सयमात्रै मत गणना भएको निर्वाचन कमिटीले जनाएको छ ।
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय