काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सीता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् ।
क्विन्स इभेन्ट मेनेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै सिताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको हो ।
‘क्विन्स इभेन्ट मेनेजमेन्टको अथक प्रयास र खेलाडी स्वयंको मेहेनतको फलस्वरूप सीता राना मगर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल-२०२२ खेल्नका लागि छनोट हुनुभएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
योसँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेटर समेत बनेकी छिन् । फेयर ब्रेक इन्भीटेसनल-२०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी) बाट मान्यता प्राप्त महिला टी-२० क्रिकेट प्रतियोगिता हो । प्रतियोगिता आगामी १ देखि १५ मेसम्म आयोजना हुनेछ ।
६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता विश्वका चर्चित खेलाडीको सहभागिता रहने छ । क्रिकेटको माध्यमबाट लैङ्ङ्गिक समानता र महिलालाई समाजको मुलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगितामा सीता राना मगर कुन टोलीबाट खेल्ने भन्ने अन्तिम निर्णय भने आयोजकले गर्नेछ ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार