काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालनको आज शुभारम्भ गर्नुभएको छ ।
विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीले मनोमानीरूपमा ग्राहकसँग लिँदै आएको पैसा रोक्न मन्त्री आलेले विमानस्थलको आन्तरिक टर्मिनलभित्रै यात्रुवाहक बस सवा सुरु गर्नुभएको हो । विमानस्थलमा यात्रु बोक्ने ट्याक्सीबाट ग्राहक ठगिएको गुनासो बढेपछि गोल्डेनगेट तथा उक्त गेटबाट आन्तरिक टर्मिनलभित्र यात्रु बोक्नका लागि उक्त बस सेवा सञ्चालन गरिएको हो ।
सेवा शुभारम्भ गर्दै मन्त्री आलेले स्वयं यात्रुवाहक माइक्रोबसमा बसेर यात्रा गर्नुभएको थियो । उहाँले यात्रुसँगै माइक्रोबसमा बसेर विमानस्थलको गोल्डेनगेटसम्मको यात्रा गर्नुभएको हो । उक्त बस सेवा विमानस्थलको आन्तरिक हवाइसेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । निःशुल्क बस सेवासँगै वैदेशिक रोजगारमा जाने तथा विदेशबाट आउने श्रमिकका लागि विमानस्थलमा विश्रामस्थलको पनि व्यवस्था गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त निःशुल्क बस सेवा सञ्चालन गरेको हो । निःशुल्क बस सेवा सञ्चालन भएपछि यात्रुलाई सहज भएको छ ।
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी