
गलेश्वर । छ महिनाको अवधिमा आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान बनाएका म्याग्दीका पर्वतारोही निर्मल पुर्जाको ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री (फिल्म) सार्वजनिक भएको छ । पुर्जाको आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण यात्राको सेरोफेरोलाई समेटिएको उक्त डकुमेन्ट्री नेटफ्लिक्स सोमबार सार्वजनिक भएको गरिएको हो ।
उक्त डकुमेन्ट्री १९१ देशका १८ करोडभन्दा बढी प्रयोगकर्तासम्म पुगेको छ । विश्वका सर्वोच्च १४ ओटा हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेको कीर्तिमान पुर्जाका नाममा कायम छ । पुर्जाले केवल ६ महिनामा ती सर्वोच्च हिमालहरु आरोहण गर्नुभएको हो । यसअघि उक्त कीर्तिमान ८ वर्षको थियो ।
विसं २०७६ वैशाखमा अन्नपूर्ण हिमालबाट आरोहण सुरु गर्नुभएको पुर्जाले सोही सालको कात्तिकमा चीनको सिसापाङ्गा हिमाल आरोहणसंगै सबैभन्दा कम समयमा ८ हजार मिटर भन्दा माथिका १४ ओटा हिमाल आरोहणको कीर्तिमान आफ्नो नाममा कामय गराउनुभएको हो ।
नेटफ्लिक्समा आउनुभन्दा केही दिनअघि काठमाडौँमा यसको प्रिमियर शो गरिएको उहाँले जानकारी दिनुभयो । यो फिल्म नेपालको सांस्कृतिक तथा पर्यटक क्षेत्रको विकासका लागि कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।
पुर्जाको नाममा जाडोयाममा बिनाअक्सिजन पाकिस्तानको माउन्ट केटु चढेको विश्व कीर्तिमानसमेत रहेको छ । माउन्ट केटुलाई ‘किलर माउन्टेन’समेत भनिन्छ । पुर्जाको नाममा आधा दर्जन बढी विश्व कीर्तिमान दर्ता भएका छन् ।
बेलायती सेनाबाट अवकाश लिनुभएका ३८ वर्षीय पुर्जाले अबको आफ्नो समय नेपालको पर्यटनको प्रवर्धनमा केन्द्रित गर्ने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाको सफलताले म्याग्दीवासी नागरिकसमेत खुसी भएका छन् ।
विश्वका ठूला र चर्चित सञ्चारमाध्यमहरुले पनि पुर्जाको यो डकुमेन्ट्रीलाई हेर्नै पर्ने भनेका छन् । द टाइम्स, द गार्डियन, ग्ल्यामर म्याग जस्ता ठूला सञ्चारमाध्यमले १४ पिक्सलाई हेर्नैपर्ने फिल्मको सूचीमा राखेका छन् ।
आरोही पुर्जाले सपना देख्ने हरेक मानिसका लागि यो फिल्मले प्रेरणाको काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो फिल्ममा मेरो मात्रै नभएर मलाई सहयोग गर्ने सम्पूर्ण महानुभावहरुको कथा समेटिएको छ । यो फिल्म पर्वतारोहणका बारेमा मात्रै होइन सङ्घर्ष र सफलताको दस्तावेज पनि हो ।”
नेटफ्लिक्स जस्तो ठूलो अनलाइन स्ट्रिमिङ कम्पनीबाट १४ पिक्स सार्वजनिक हुनु नेपाली सिनेमा क्षेत्रका लागि पनि ठूलो उपलब्धि भएको पुर्जाले बताउनुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार