बेलायतले १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिनुभएको छ ।उहाँले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा सो कुरा बाउनुभएको हो । उहाँले भन्नुभएको छ– सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ ।

यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताउनुभयो ।

उहाँले अब अहिलेकै अवस्थामा बेलायतमा अर्काे लकडाउन नगरिने पनि बताउनुभयो ।

उहाँले नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्नका लागि नागरिकहरुले नै सरकारलाई बल दिनुपर्छ, तर अब लकडाउनका अवस्था आउँदैन भन्नुभयो ।
बेलायतको संयुक्त खोप समितिले दोस्री डोज खोप र बुस्टर डोज लगाउने समयावधिलाई पनि घटाउन सुझाव दिएको छ । यसअघि दोस्रो डोज लगाएको छ महिनापछि मात्र बुस्टर डोज लगाउन दिइएकोमा त्यसलाई तीन महिनामा झारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री