विष्टले १ हजार ९७६, भट्टराईले १ हजार ९६४, अर्यालले १ हजार ८००, विश्वकर्माले १ हजार ८००, भट्टले १ हजार ७०४, रायमाझीले १ हजार ७०० र महासेठले १ हजार ५१३ मत ल्याए ।
सचिवका प्रत्यासीद्वय भीम आचार्यले १ हजार ३०० र टंक कार्कीले ५०० मत मात्र पाए ।
काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेसनमा नयाँ नेतृत्व चयनका लागि भएको पदाधिकारीको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित टीम नै निर्वाचित भएको छ ।
ओलीले अध्यक्षमा आफूसहित पदाधिकारीहरु र ३०१ केन्द्रीय सदस्य नै सर्वसम्मतिका लागि हलमा प्रस्ताव गरेका थिए तर त्यसमा सर्वसहमति हुन नसकेपछि सोमबार राति निर्वाचन भएको थियो ।
निर्वाचनमा ओलीले कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १ हजार ८४० मत पाए भने उनका प्रतिद्वन्द्वी डा भीम रावलले रावलले २२३ मत पाए । दुवै उम्मेदवारलाई भोट दिन नचाहने अर्थात नाे भाेटमा ३३ मत खसेकाे थियो ।
यसैगरी छ जना उपाध्यक्षका लागि भएको निर्वाचनमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक १ हजार ९७६ मत पाइन् भने सुरेन्द्र पाण्डेले १ हजार ९२५, सुवासचन्द्र नेम्वाङले १ हजार ८६५, विष्णु पाैडेलले १ हजार ८५६, युवराज ज्ञवालीले १ हजार ८४२ र रामबहादुर थापा बादलले १ हजार ७६८ मत पाएर विजयी भएका छन् ।
उपाध्यक्षका अर्का उम्मेदवार घनश्याम भुसालले भने ७२५ मत पाएका छन् ।
यसैगरी सचिव पदका लागि भएको निर्वाचनमा टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट र गोकर्ण विष्ट विजयी भएका हुन् ।
विष्टले १ हजार ९७६, भट्टराईले १ हजार ९६४, अर्यालले १ हजार ८००, विश्वकर्माले १ हजार ८००, भट्टले १ हजार ७०४, रायमाझीले १ हजार ७०० र महासेठले १ हजार ५१३ मत ल्याए ।
सचिवका प्रत्यासीद्वय भीम आचार्यले १ हजार ३०० र टंक कार्कीले ५०० मत मात्र पाए ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त