विष्टले १ हजार ९७६, भट्टराईले १ हजार ९६४, अर्यालले १ हजार ८००, विश्वकर्माले १ हजार ८००, भट्टले १ हजार ७०४, रायमाझीले १ हजार ७०० र महासेठले १ हजार ५१३ मत ल्याए ।
सचिवका प्रत्यासीद्वय भीम आचार्यले १ हजार ३०० र टंक कार्कीले ५०० मत मात्र पाए ।
काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेसनमा नयाँ नेतृत्व चयनका लागि भएको पदाधिकारीको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित टीम नै निर्वाचित भएको छ ।
ओलीले अध्यक्षमा आफूसहित पदाधिकारीहरु र ३०१ केन्द्रीय सदस्य नै सर्वसम्मतिका लागि हलमा प्रस्ताव गरेका थिए तर त्यसमा सर्वसहमति हुन नसकेपछि सोमबार राति निर्वाचन भएको थियो ।
निर्वाचनमा ओलीले कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १ हजार ८४० मत पाए भने उनका प्रतिद्वन्द्वी डा भीम रावलले रावलले २२३ मत पाए । दुवै उम्मेदवारलाई भोट दिन नचाहने अर्थात नाे भाेटमा ३३ मत खसेकाे थियो ।
यसैगरी छ जना उपाध्यक्षका लागि भएको निर्वाचनमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक १ हजार ९७६ मत पाइन् भने सुरेन्द्र पाण्डेले १ हजार ९२५, सुवासचन्द्र नेम्वाङले १ हजार ८६५, विष्णु पाैडेलले १ हजार ८५६, युवराज ज्ञवालीले १ हजार ८४२ र रामबहादुर थापा बादलले १ हजार ७६८ मत पाएर विजयी भएका छन् ।
उपाध्यक्षका अर्का उम्मेदवार घनश्याम भुसालले भने ७२५ मत पाएका छन् ।
यसैगरी सचिव पदका लागि भएको निर्वाचनमा टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट र गोकर्ण विष्ट विजयी भएका हुन् ।
विष्टले १ हजार ९७६, भट्टराईले १ हजार ९६४, अर्यालले १ हजार ८००, विश्वकर्माले १ हजार ८००, भट्टले १ हजार ७०४, रायमाझीले १ हजार ७०० र महासेठले १ हजार ५१३ मत ल्याए ।
सचिवका प्रत्यासीद्वय भीम आचार्यले १ हजार ३०० र टंक कार्कीले ५०० मत मात्र पाए ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन