काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीच गत कात्तिक १५ गतेदेखि सञ्चालन भएको संयुक्त तालिम आज यहाँ समापन भएको छ ।
काठमाडौँ, पोखरा र अन्नपूर्ण आधार शिविर बेस क्याम्प इलाकामा सञ्चालन भएको तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धारजस्ता विषयको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको थियो । तालिममा नेपाली सेनाबाट विपद् व्यवस्थापनमा खटिदै आएका ४५ जना र अन्य सम्बद्ध निकायबाट चार जना गरी जम्मा ४९ जना तथा अमेरिकी सेनाका १७ जनासमेत ६६ जनाले भाग लिएका थिए ।
संयुक्त तालिमबाट दुवै देशका विपद्् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरुमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धारसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक क्षमता अभिवृद्धिका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीको प्रमुख आतिथि रहनुभएको समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जन कुमार श्रेष्ठ, युद्धकार्य विभागका प्रमुख उपरथी निर्मलकुमार थापालगायत नेपाली सेना तथा अमेरिकी सेनाका अधिकृतको उपस्थिति थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’