इलाम । निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् ।
इलाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् ।
रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराएकी थिइन् । तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेद्वारी परेको थियो । रिनाशाले पाँचौ मत पाइन् । यो कोटाबाट चन्द्रमाया लिम्बू (६८३), बबिता लिङ्म (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिए । महाधिवेशन प्रतिनिको दौडमा चौथो भएकी सरिता श्रेष्ठले (४२२) र पाँचौ भएकी रिनाशाले (३४३) मत पाए ।
इलामको चुलाचुली पुर्ख्याैली घर भएकी रिनाशा केही समयअघि मात्रै इलाम आएकी थिइन् । रिनाशा ‘इन्टुमिन्टु लन्डनमा’ चलचित्रकी निर्देशक हुन् । उनले सयौ गीतमा कोरियाग्राफर गरेकी छन् । १५ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा क्रियाशील उनी आफ्नो क्षेत्रमा स्थापित छिन् ।
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह