शुक्रबार, मंसिर १७ २०७८ | Fri, December 03, 2021
नेपालको समय: १८:१९ | UK Time: 12:34

बुल्गेरियामा बस दुर्घटनामा ४५ को मृत्यु

वीनेपाली
२०७८ मंसिर ७ गते १२:१५

(Photo by Nikolay DOYCHINOV / AFP)

सोफिया । पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ ।

उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ ।
मृत्यु हुनेमा बालबालिका समेत रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बताएका छन् ।
सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समय अनुसार दिउँसो २ः०० बजे सो दुर्घटना भएको हो । दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक