काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष डा भीमबहादुर रावलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गर्नुभएको छ ।
नेता रावलले आज पत्रकार सम्मेलन गरी पार्टीमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन १३ को सहीरूपमा पालना नभएकामा आलोचना गर्दै मुलुकका सामु विद्यमान चुनौतीको सामना गर्न लागिपर्ने गरी उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उहाँले यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशन पार्टीलाई एकताबद्ध, सुसङ्गठित र समयका चुनौतीहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन तथा गत असोजमा सम्पन्न विधान महाधिवेशनबाट पार्टीको विधानलगायतका राजनीतिक र सङ्गठनात्मक दस्तावेजहरु पारित भए पनि त्यसमा उल्लिखित विषयहरुलाई प्राथमिकीकरण गर्दै कार्यान्वयन गर्न तद्नुकूलको नेतृत्व अपरिहार्य हुने बताउनुभयो ।
“पछिल्लो समय उत्पन्न अन्तरद्वन्द्वको व्यवस्थापनका लागि पनि मैले पार्टी अध्यक्ष र अन्य नेताहरुसँग अनेकौँ पटक वार्ता गर्नाका साथै मध्यस्थको समेत भूमिका निर्वाह गरेँ तर आफ्नो अख्तियारीको सीमाबन्धन र निर्णयाधिकारी अरू नै भएकाले वाञ्छित परिणाम हासिल गर्न सकिएन,” नेता रावलले भन्नुभयो, “एमाले सक्षम बनिरहोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरुलाई बेवास्ता गर्दै म पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु । यो कुनै पनि प्रकारको व्यक्तिगत स्वार्थ नराखी जनता र देशको उज्यालो भविष्य र सुरक्षाको एक मात्र लक्ष्य हृदयमा राखेर नै सम्भव भएको थियो । सिद्धान्तनिष्ठ, विधि र पद्धतिसम्मत किसिमले सञ्चालित तथा जनता र देशको सर्वोपरि हितमा समर्पित सशक्त एमाले मेरो चाहना हो ।”
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?