काठमाडौँ । नेपाल पत्रकार महासङ्घले दलको चुनावमा उम्मेदवार बनेका पत्रकारको सदस्यता खारेज गर्नसक्ने चेतावनी दिएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दे महासङ्घले पत्रकार आचारसंहिता, स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गर्न आग्रह गर्दै यस्तो चेतावनी दिएको हो ।
‘राजनीतिक दल वा भातृ सङगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा सङ्गठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासङ्घ आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
महासङ्घको विधान २०६० (पाँचौँ संशोधन) ले प्रष्ट रूपमा ‘महासङ्घका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको तर्फ महासङ्घले गम्भीर ध्यानाकर्षण गराएको छ ।
महासङ्घले विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्य विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आबद्ध बनेकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
‘प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासङ्घ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको छ’, विज्ञप्तिमा थप भनिएको छ ।
महासङ्घका महासचिव रोशन पुरीले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित तीन वर्षे कार्ययोजनाको बुँदा ३.५ को व्यवस्थालाई ख्याल गर्न अनुरोध गर्नुभएको छ ।
कार्ययोजनाको बुँदा ३.५ मा भनिएको छ, ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरूमा रहेका महासङ्घका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासङ्घको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ ।’ महासचिव पुरीले उक्त व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय समिति प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने