काठमाडौँ। कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिनुभएको हो ।
भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गर्नुभयो । यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्याण्डको भिसाका लागि सहजीकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैङ्कक जाँदा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल– थाइल्याण्डबीच पुरानो ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप सुदृढ बनाइराख्न दुवै देशका तर्फबाट अधिकतम प्रयास गरिनुपर्नेमा जोड दिनुभयो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल