
मनिला। फिलिपिन्समा आगामी निर्वाचनका लागि पूर्वराष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्वसिनेटर फेर्डिनान्ड मार्कोस जुनियर र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे एकै ठाउँमा उभिनु भएको छ ।
पूर्वराष्ट्रपतिका छोरा मार्कोस जुनियरले राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टे उपराष्ट्रपतिमा उम्मेदवारी दिएपछि एकै समूह बनाउनु भएको हो ।
पूर्वराष्ट्रपति र वर्तमान राष्ट्रपतिका छोरा छोरी नै चुनावी मैदानमा हुँदा यसैपनि रोमाञ्चक भइरहेको फिलिपिन्सको निर्वाचनमा दुवै जना एउटै समूहमा भएपछि थप रोमाञ्चक भएको छ ।
आगामी सन् २०२२ को मेमा हुने निर्वाचनका लागि यही अक्टोबर १ देखि फिलिपिन्समा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु भएको छ ।
गत शनिबार उम्मेदवारी दर्ता गराउनु भएकी वर्तमान राष्ट्रपतिकी छोरी साराले पहिलो पटक सार्वजनिकरुपमा अभिव्यक्ति दिँदै आफू पूर्वराष्ट्रपतिका छोरा तथा अहिले राष्ट्रपतिका उम्मेदवार फेर्डिनान्ड मार्कोस जुनियरकै समूहमा रहेको उल्लेख गर्नु भएको हो ।
सामाजिक सञ्जाल फेसवकुमा राखिएको भिडियो सम्वोधनमा उहाँले आफुको समूहलाई फिलिपिन्सका जनताले सेवा गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिका उम्मेदवार ६४ वर्षीय मार्कोस र उपराष्ट्रपतिकी उम्मेदवार ४३ वर्षीय साराको गठवन्धनलाई फिलिपिन्समा बलियो गठवन्धनका रुपमा हेरिएको छ ।
पूर्वराष्ट्रपति मार्कोसका दुई सन्तानमध्ये एक मात्र छोरा मार्कोस जुनियरले तीन वर्ष अगाडि स्थापना गरेको र आफू नै अध्यक्ष रहेको पार्टीको तर्फबाट उम्मेदवारी दिनु भएको हो ।
आफ्ना बुवा राष्ट्रपति भएका बेला उहाँ इल्लोकोस नोर्टे प्रदेशको पहिलो प्रदेश उपप्रमुखमा सन् १९८१ मा निर्वाचित हुनुभएको थियो । उहाँका बुवा सन् १९६५ डिसेम्बर ३० देखि १९८६ फेब्रअरी २५ सम्म फिलिपिन्सको राष्ट्रपति हुनुभएको थियो । उहाँको निधन १९८९ मा भएको थियो ।
मार्कोस जुनियर सन् २०१० देखि २०१६ सम्म सिनेटरसमेत हुनुभएको थियो । सन् २०१६ मा भएको निर्वाचनमा उहाँले उपराष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्नु भएको थियो ।
भावी राष्ट्रपतिका लागि उहाँसहित चर्चित वक्सीङ खेलाडि तथा सिनेटर मान्नी पाक्वुइओ, मनिलाका मेयर फ्रान्सीस्को डोमागोसोले पनि उम्मेदवारी दर्ता गर्नु भएको छ ।
त्यसैगरी उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्न लाग्नु भएकी साराले देशको प्रभावशाली पार्टी लकास सिएमडीको तर्फबाट उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
उनले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिश्पर्धा गर्ने तयारी गरेपनि मापदण्ड पुरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिनुभएको हो ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त