विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गर्नुभएको छ ।
उहाँको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा (एमाले)का ४१ सांसदमध्ये सदनमा उपस्थित बहुमत सदस्यले मतदान गर्नुभएको थियो ।
गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा (माओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टी नेपालका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक सदस्यले मुख्यमन्त्री राईको पक्षमा मतदान गरेका थिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम(४) बमोजिम मुख्यमन्त्री राईले सभामा विश्वासको मतका लागि सदनमा प्रस्ताव पेश गर्दै सभामा सहभागी सबै राजनीतिक दलका सदस्यसँग पक्षमा मत माग्नुभएको थियो ।
मुख्यमन्त्री राईले राजनीतिक परिस्थितिले संविधान र जनताका अधिकारलाई कमजोर बनाउने काम भएकाले वर्तमान गठबन्धन बनेको जिकिर गर्दै परिवर्तनको सम्वाहक यो सरकारले संविधानको रक्षा गर्ने कुरामा जोड दिनुभयो ।
यसअघि भएको छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जिद्धी स्वभावले नै नेकपा एमालेको दुई तिहाइ बहुमतको सरकार गुमेको चर्चा गर्दै राजनीतिक परिवर्तन भए पनि राजनीतिक दलका नेतामा चेतनाको वृद्धि नभएको बताउनुभयो । उहाँले वर्तमान गठबन्धन संविधान रक्षाका लागि भएकाले मुख्यमन्त्रीमा राईलाई विश्वासको मत दिएको बताउनुभयो । नेता कोइरालाले यो गबन्धनले निरन्तता पाउने विश्वास व्यक्त गर्नुभयो ।
एमालेका तर्फबाट प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले एमाले सहमति र सहकार्यको विरोधी नभएको बताउनुभयो । उहाँले लोकतन्त्रलाई सुदृढीकरण र बलियो बनाउन राजनीतिक दलमा पनि सुदृढीकरण हुनुपर्ने तर्क गर्दै एमाले सदनमा प्रमुख प्रतिपक्षको भूमिका रचनात्मक ढङ्गले प्रस्तुत हुने धारणा राख्नुभयो ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ