लण्डन । बेलायतको लिभरपुलस्थित वुमन्स अस्पतालको प्रवेशद्वारमा आइतबार भएको ट्याक्सी विष्फोटका मुख्य योजनाकारको परिचय प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार ३२ वर्षीय इमाद अल स्वेमीन सो विष्फोटको योजनाकार हुन् । उनको सो विष्फोटमा परी निधन भएको छ ।
मध्यपूर्वबाट बेलायत आएका उनी शरणार्थी रहेको र चार वर्षअघि मात्र धर्म परिवर्तन गरी क्रिश्चियन बनेको पाइएको छ ।
प्रहरीले उनको कोठाबाट थुप्रै सामग्री फेला पारेको बताएको छ ।
इमाद केही समयदेखि मानसिक समस्याले ग्रस्त भएको पनि पाइएको छ ।
प्रहरीले सो घटनामा इमाद एक्लैको संलग्नता रहेको प्रारम्भिक निस्कर्ष निकालेको छ भने यसअघि पक्राउ परेका चार जनालाई रिहा गरेको छ ।
प्रहरीका अनुसार इमादले घरमा बनाइएको विष्फोटक पदार्थ बोकेर ट्याक्सी चढेको पाइएको छ ।
सो ट्याक्सीका चालक भने उपचारपछि घर फर्किसकेका छन् ।
उता बेलायत सरकारले बेलायतमा आतङ्कवादी आक्रमणको खतराको स्तरलाई बढाएको छ ।
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने