लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको अल्डरसटस्थित गुम्बाको कार पार्किङ्ग समस्या अस्थायी रुपमा समाधान भएको छ ।
गुम्बामा आउने दर्शनार्थीहरुले स्थानीय रस्मोर बरो काउन्सिलको सहयोगमा गुम्बासँगै रहेको अल्डरसट फुटबल स्टेडियमको कार पार्कमा पार्किङ्ग गर्नसक्ने भएको छ ।
गुम्बासँगै रहेको पियरसन व्यारेक कार पार्क गत महिनाबाट स्थायी रुपमा बन्द भएपछि गुम्बा दर्शनका लागि आउने भक्तजनहरु कार पार्किङको मर्कामा पर्दै आएका थिए ।
उक्त समस्या समाधानका लागि बीसीसी युकेले पहल गरेपछि स्थानीय काउन्सिलको सहयोगमा फुटबल क्लबले गुम्बालाई २० वटा शःशुल्क पार्किङ्ग पर्मिट उपलब्ध गराएको छ । उक्त स्टेडियमको पार्किङ्गमा पार्क गर्नका लागि गुम्बाका स्टाफसँग सम्पर्क गरी पार्किङ्ग पर्मिट लिएर मात्र पार्किङ्ग गर्न सकिने छ । उक्त पार्किङ्गमा १ घण्टासम्म पार्क गर्न १ पाउण्ड, ४ घण्टासम्म पार्क गर्न २ पाउण्ड र २४ घण्टासम्म पार्क गर्नका लागि ५ पाउण्ड शुल्क तोकिएको छ । उक्त शुल्क बीसीसी युकेले संकलन गर्ने सहमति भएको छ । तर उक्त पार्किङ्ग पर्मिट भने आफू जाने बेलामा गुम्बा स्टाफलाई बुझाएर मात्र जानु पर्ने छ ।
गुम्बा नजिकै कार पार्क नहुँदा करीब आधा किमी टाढा रहेको मल्टीस्टोरी कार पार्कमा पार्किङ्ग गरेर पूजा सामाग्री बोकेर आउनु पर्ने बाध्यता थियो तर यो अहिलेको व्यवस्थाले धेरै सहज भएको छ ।
करीब १०० कार पार्क गर्ने क्षमता भएको पियरसन ब्यारेक कारपार्क स्थानीय काउन्सिलले केयर होम बनाउन बिक्री गरिदिएपछि बीसीसी युकेका भक्तजनहरु, शुभचिन्तकहरु र स्थानीय बासिन्दाहरुले कार पार्कको आवश्यकता औंल्याउदै बिक्री नगर्न अनुरोध गरेको भएतापनि काउन्सिलले आफ्नो निर्णय फिर्ता लिएन । गुम्बा संचालनदेखि नै भक्तजनहरुले प्रयोग गर्दै आएको पार्किङ्ग एक्कासी बन्द भएपछि गुम्बामा आउने भक्तजनहरुले ठूलो मार खेपिरहेको अवस्थामा उक्त समस्या अस्थायीरुपमा भएपनि समाधान भएको हो ।
तर अल्डरसट फुटबल क्लबको खेल भएको समयमा उक्त स्टेडियमको कार पार्क भने प्रयोग गर्न पाइने छैन । कुन कुन दिन र समयमा खेल हुदैछ भन्ने बारे गुम्बासँग सम्पर्क गरी बुझ्न सकिने छ । यदि खेल हुने दिनमा गुम्बा आउने हो भने अल्डरसट टाउन सेन्टर नजिकै हाईस्ट्रीटमा रहेको मल्टीस्टोरी कार पार्कमा पार्किङ्ग गर्न सकिने छ ।
स्मरण् रहोस्, स्थानीय रस्मोर बरो काउन्सिलमा करीब १५ हजारभन्दा बढी नेपालीहरुको बसोबास रहेको अनुमान छ । साथै नेपालीहरुकै पहलमा स्थापना भएको बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी), शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, मगर संघ युकेलगायत नेपाली संघसंस्थाहरुले भवन खरिद गर्न सफल भएका छन् । त्यस्तै, एनआरएनए युके, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को कार्यालय समेत अल्डरसटमा रहेको छ । साथै सोही काउन्सिलमा तीन जना नेपालीहरु स्थानीय काउन्सिलरमा समेत निर्वाचित भएका छन् । थुप्रै उद्यमी तथा व्यवसायीहरुले रेष्टुरेण्ट, बाङ्ग्क्येटिङ्ग हल, सैलुन, ग्रोशरी, ट्राभल, सुनचाँदी पसल, मोेर्गेज, फेन्सी स्टोर्स, क्लिनिङ्ग कम्पनी, सेक्युरिटी कम्पनी, मिडिया लगायत थुप्रै व्यवसायहरु संचालन भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी