काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आज कतार प्रस्थान गरेको छ ।
नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन् । त्यसपछि आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि नेपाली टोली कतारबाटै मङ्सिर ३ गते युएई प्रस्थान गर्नेछन् ।
छनोट खेल भने आगामी मङ्सिर ६ देखि १२ गतेसम्म युएईमा आयोजना हुनेछ । छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा यसअघि भइसकेको छ । नेपाली टोलीमा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन् ।
त्यस्तै सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ । उक्त प्रतियोगिताको तयारीस्वरुप नेपाली टोली यसअघि बङ्गलादेश गएको थियो । त्यहाँ नेपाली टोलीले बङ्गलादेशको स्थानीय टोलीसँग सिरिज पनि खेलेको थियो । महिला टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले घरेलु टोली युएइसगैँ भुटान, हङकङ, कुवेत र मलेसियासँग खेल्नेछ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने