काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना– २०७८ को प्रारम्भ गरिएको हो ।
तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङक लिएर राष्ट्रिय जनगणना– २०७८ को औपचारिक शुभारम्भ गरिएको बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रपतिलाई जनगणनाको तथ्याङकमा रहेका ८० वटा प्रश्न सोधिएको थियो ।
यसैगरी आज उपराष्ट्रपति नन्दबहादुर पुनको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीले आज लैनचौरस्थित ‘हरितगृह’ पुगेर उपराष्ट्रपतिको विवरण सङ्कलन गर्नुभएको हो । विवरण सङ्कलनका लागि आयोगका सदस्य डा रामकुमार फुयाँल, आयोगका सचिव केवलप्रसाद भण्डारी, विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, निर्देशकहरु हेमराज रेग्मी, डिल्लीराज जोशी र ढुण्डीराज लामिछाने उपराष्ट्रपति निवास पुग्नुभएको थियो ।
विभागका महानिर्देशक श्रेष्ठले गणकका रुपमा उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन गर्नुभएको थियो । गणकले सोधेअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपतिले राष्ट्रिय जनगणना, २०७८ को सफलताको शुभकामना गर्नुभएको थियो । उहाँले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै आजै प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो ।
केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिकरूपमा सन्देश दिनका लागि तथ्याङ्क लिइएको उहाँले उल्लेख गर्नुभयो ।
निर्देशक लामिछानेका अनुसार विभागका महानिर्देशकले प्रधानमन्त्रीको पारिवारिक विवरण सङ्कलन गर्नुभएको थियो । राष्ट्रिय योजना आयोगका सचिवले जनगणनाबारे जानकारी गराउँदै यसको हरेक क्षेत्रमा पर्ने प्रभावबारे प्रधानमन्त्री देउवालाई अवगत गराउनुभएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा