काठमाडौँ। यस वर्षको तिहारमा रु १५ कारोड २० लाख ७५ हजार फूलको कारोबार भएको छ । काराबार भएकामध्ये सबैभन्दा बढी सयपत्री फूल रु १२ करोड ७० लाख ५० हजार, मखमली रु एक करोड ६७ लाख ७५ हजार, गोदावरी रु ५२ लाख ५० हजार र ३० लाखको मखमली विभिन्न देशमा निर्यात भएको बताइएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार बजारमा १८ लाख ५० हजार मालाको माग भए पनि मागभन्दा बढी २१ लाख माला खपत भएको हो । उहाँका अनुसार गत वर्ष रु १३ करोड मूल्यको १६ लाख मालाको कारोबार भएको थियो ।
तिहार सुरु हुनुभन्दा २० दिनअगावै गैर पुष्प व्यवसायीले समन्वयविना नै ठूलोमात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरी कोल्डस्टोरमा स्टोरेज गरेका कारण बजार मागभन्दा अधिक आपूर्ति भएको र भारतीय सयपत्रीको मालाले बजार हिस्साको करिब ३० प्रतिशत खपत भएको र उक्त माला सस्तो भएकाले नेपाली उत्पादनले बजार नपाइ करिब १५ प्रतिशत सयपत्री फूलको माला फाल्नु परेको पनि अध्यक्ष तामाङले गुनासो गर्नुभयो ।
विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । हाल स्वदेशमा व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले फूलको खेती गर्दै आएका छन् ।
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै थप फस्टाउँदै गएको छ ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग