काठमाडौँ । भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभन गरिएको हो । नेपाल–भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।
भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा उहाँ भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली जानुभएको थियो । भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुने छ । महारथी शर्मा भारत भ्रमण सकेर यही कात्तिक २६ गते स्वदेश फर्कनु हुनेछ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक