लन्डन । बेलायतमा कोभिड १९ को महामारीपछि नेपालबाट कलाकार झिकाएर हुने साँस्कृतिक कार्यक्रम करिब ठप्प भएको अवस्थामा पहिलोपटक चर्चित कलाकारहरु प्रस्तुतिका लागि बेलायत आइपुगेका छन् ।
यही शुक्रबार साँझ अल्डरसटको एम्पायर हलमा हुने एचके नाइट २०२१ का लागि गायकहरु राजु लामा, सञ्जीव प्रधान र शरिष्मा अमात्य लन्डन आइपुगेका छन् ।
सोमबार साँझ लन्डन हिथ्रो विमानस्थलको टर्मिनल ५ मा उत्रिएका उनीहरुलाई एचके नाइटका आयोजकहरुले स्वागत गरेका थिए । आयोजकहरुमा हङकङ युथ नेप्लिज एशोसिएसन युकेका अध्यक्ष सुवास घोतानेका साथमा राजन गुरुङ, हेम गुरुङ, अजय श्रेष्ठ, मिका, पप्पु, आशिष, सुदिप, सुबाससहित सो समूहका दुई दर्जन सदस्य गायकहरुको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेजका निर्देशक किरण गुरुङ पनि कलाकार स्वागतका लागि हिथ्रो गएका थिए ।
आयोजक समूहका अध्यक्ष सुवास घोतानेले गायक गायिकाहरुलाई पुष्पगुच्छा र खादासहित स्वागत गरेका थिए ।
लन्डन उत्रिएलगत्तै दुवै गायकहरुले पनि शुक्रबार हुने एचके नाइटमा सहभागी हुन बेलायतवासी नेपालीहरुलाई निम्तो दिएका छन् ।
कार्यक्रममा नेपालबाट आएका कलाकारका साथमा बेलायतस्थित कलाकार आइएम गोले, दाजुभाइ ब्याण्ड र सिक्का ब्याण्डको विशेष प्रस्तुति रहनेछ । कार्यक्रम सञ्चालन मिस इंग्ल्याण्ड रनर अप प्रतिष्ठा रावत र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङले गर्नेछन् ।
कार्यक्रमको हरेक टिकटमा वाटरमेलन मोर्गेजेजको सेवाशुल्कमा २५ प्रतिशतको छुट समावेश छ । टिकट प्रायोजक मःम स्टेसनले पनि हरेक टिकटलाई आफ्नो रेष्टुरेन्टमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।
कोभिड महामारीयता नेपालका चर्चित कलाकारहरुको साथमा बेलायतमा साँगीतिक प्रस्तुति हन लागेको यो पहिलो अवसर हो । बेलायतवासी नेपाली दर्शकहरुको लामो प्रतिक्षापछि हुन लागेको कार्यक्रमलाई विशुद्ध सांगीतिक र मनोरञ्जनात्मक बनाइने आयोजकले बताएका छन् ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते