काठमाडौँ । वैदेशिक रोजगारीका लागि दोस्रो चरणमा ९६ जना नेपाली श्रमिक दक्षिण कोरिया जाने भएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार दोस्रो चरणमा ९६ जना नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी शुरु भएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले दोस्रो चरणमा ९६ जना नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी शुरु भएको जानकारी दिए । अब क्रमशः नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने उनले बताए ।
कोरोना महामारीका कारण करिब २० महिनादेखि रोकिएको नेपाली श्रमिक दक्षिण कोरिया जाने प्रक्रिया यही कात्तिकबाट शुरु भएको थियो । जसअन्तर्गत पहिलो चारणमा ४८ जना नेपाली श्रमिक कात्तिक १० गते दक्षिण कोरिया गइसकेका छन् ।
कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली श्रमिक जान पाउनुभएको थिएन । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली श्रमिक कोरोना महामारी कम भएसँगै दक्षिण कोरिया जान लागेका हुन् ।
सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक कोरिया जाने पर्खाइमा छन् । दक्षिण कोरियालाई नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ ।
ईपीयस कोरिया शाखाका अनुसार नियमित भाषा परीक्षा पास गरेर ‘लेटर कन्ट्रायाक्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिबद्ध श्रमिकका रुपमा फर्किएका तीन हजार श्रमिक प्रक्रिया पुगे पनि कोरोना महामारीका कारण रोकिएका थिए ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन