कामाडौँ । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप कोभिड–१९ विरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ ।
प्रधानसेनापति प्रभुराम शर्मालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले १० थान भेन्टिलेटर, १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित सो भेरोसेल खोप हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा प्रधानसेनापति शर्माले भेरोसेल खोप सहयोगका लागि मित्रराष्ट्र चीन सरकार र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त खोप सेनाका सकल दर्जा र प्राथमिकताका साथ अन्य हिताधीकारीलाई समेत उपलब्ध हुनेछ । कोभिड–१९ विरुद्धको लडाईंमा यस्ता सहयोगबाट सेना जनताको सेवामा थप प्रभावकारीरुपमा लाग्न सक्षम हुने सेनाले विश्वास लिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा