फ्रिटाउन । सेरालिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ ।
राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने शोकको घोषणा गर्नु भएको हो ।
यही सोमबार, मंगलबार र बुधबार देशभरी शोक मनाइने भएको छ । गत शनिवार इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा १०८ जनाको मृत्यु भएकाले राष्ट्रिय शोक मनाइने भएको हो । शोकको बेलामा कुनै औपचारिक र रमाइला कार्यक्रमहरु नगरिने अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपति बायोले अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई समेत भेटेर उपचारको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उहाँले घटनाका बारेमा निश्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धतासमेत जनाउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
“हामीले यो दुर्भाग्यपूर्ण घटनाबाट सिक्नुपर्दछ, आगामी दिनमा यस्तो घटना हुन नदिनका लागि अपनाउनु पर्ने उपायहरु अपनाउनु पर्दछ,” उहाँले भन्नुभयो । अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाईकल चालक, पैदल यात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् ।
शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको बेला दुर्घटना भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन् ।
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन