लण्डन । ब्राजिलकी चर्चित गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन भएको छ।
२६ वर्षीया मेन्डोन्कासँगै यात्रारत अरु चार जनाको पनि निधन भएको छ ।
ब्राजिलको मिनास गेरियास राज्यकाे ग्रामिण इलाकामा पर्ने क्षेत्रमा भएको विमान दुर्घटनामा अन्य चार जनाको ज्यान गएको छ। मृत्यु हुनेमा मेन्डोन्काकी काका, निर्माता र दुई जना विमानका कर्मचारी रहेका छन्।
उहाँ चर्चित ग्रामी अवार्ड विजेता हुनुहुन्छ। दुई वर्षीय छोराकी आमा मेन्डोन्काले शुक्रबार कन्सर्ट गर्ने कार्यक्रम थियो। कन्सर्ट हुने ठाउँ दुर्घटना भएको क्षेत्रभन्दा १२ किलोमिटर दुरीमा पर्छ। कन्सर्टका लागि निजीविमान चढ्नुअघि उहाँले सामाजिक सन्जालमा भिडियो पोस्ट पनि गर्नुभएकाे थियाे ।
‘ब्राजिलमा क्विन अफ सफरिङ’ का रुपमा परिचित मेन्डोन्काले कोरोना महामारीका कारण स्टेजका प्रस्तुतिहरु रद्द भएपछि अनलाइनमार्फत् गरिएकाे ‘गिग्स’ मा एकैपटक ३३ लाखसम्म दर्शकले हेरेका थिए।
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता