काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । उहाँले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार प्रदान गर्नुभयो । भाइ पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपतिबाट आशीर्वाद लिनुभयो ।
त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गर्नुभएको थियो । त्यसैगरी राष्ट्रपति भण्डारीले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाई दुबो, मखमली, सयपत्री र गोदावरी फूलको माला लगाइदिनुभएको थियो ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन