काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
निगमलाई कम्पनी मोडलमा लैजान लागिएको विरोधमा निगमभित्र कर्मचारी ट्रेड युनियनले १०४ दिनसम्म आन्दोलन गरेका थिए । निगमका महाप्रवन्धक १०२ दिनसम्म कार्यालय पुग्न सक्नुभएको थिएन । जसको परिणाम स्वरुप निगमको कार्यकारी समितिको बैठक असार २९ गतेदेखि र निगम सञ्चालक समितिको बैठक असार ३१ गतेदेखि बस्न सकेको थिए ।
यही कात्तिक ११ गते सरकारले निगमकै पूर्वनिर्देशक युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्ति गरेको थियो । कार्यकारी अध्यक्ष अधिकारी र संयुक्त ट्रेड युनियनसँगको संवादबाट सृजित सहकार्य पश्चात कात्तिक १४ गते निगमको कार्यकारी समितिको बैठक बसी महत्वपूर्ण निर्णय गरी कार्यान्वयनमा आएको निगमले जनाएको छ । त्यस्तै कात्तिक १७ गते सञ्चालक समितिको बैठक बसी सञ्चालक समितिले निगमको लागि तत्काल अति आवश्यक मानिएको विषयमा नीतिगत निर्णयसहितको गतिशिलता प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । निगमको सञ्चालक समितिको निर्णय निगमको कार्यसञ्चालनका लागि अति आवश्यक हुने र उक्त निर्णयले विभागीय कार्यसञ्चालन जस्ता महत्वपूर्ण विषयसँग प्रत्यक्ष सम्वन्ध राख्ने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताउनुभयो ।
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण