
काठमाडौँ। वरिष्ठ मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको तेस्रो पुण्यतिथिका अवसरमा ‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’ गठन गरिएको छ ।
प्रतिष्ठानको अध्यक्षमा पूर्व सभामुख दमननाथ ढुङ्गाना हुनुहन्छ भने संरक्षकमा जनकवि दुर्गालाल श्रेष्ठ हुनुहुन्छ । प्रतिष्ठानको उपाध्याक्षमा डा. चुन्दा बज्राचार्य, महासचिवमा डा. ओम गुरुङ, सचिवमा पासाङ शेर्पा र कोषाध्यक्षमा सुम्निमा तुलाधर रहनुभएको छ ।
काठमाडौँको शङ्खधर उद्यान (पुरानो रत्नपार्क) भित्र काठमाडौंँ महानगरपालिकाले स्थापना गरेको तुलाधरको प्रतिमामा माल्यार्पण गर्दै मङ्गलबार उक्त प्रतिष्ठानको घोषणा गरिएको हो ।
उक्त घोषणासभालाई सम्बोधन गर्र्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पद्मरत्न तुलाधरले आफ्नो स्वास्थ्यभन्दा देशको स्वास्थ्यप्रति बढी चिन्ता लिने राष्ट्रिय नेता भएको बताउनुभयो ।
काठमाडौँको मौलिकता जगेर्ना गर्न धर्मपथस्थित काठमाडौँ महानगरपालिकाको पुरानो भवन रहेको जग्गामा करिब २७ करोड रुपैयाँको लागतमा ‘येँ देय् सांस्कृतिक छेँ’ नामक सांस्कृतिक भवन बनाउन लागिएको जानकारी पनि उहाँले दिनुुभयो ।
प्रतिष्ठानका अध्यक्ष ढुङ्गानाले देश बनाउने मामिलामा स्व. तुलाधरले राख्नुभएको दृष्टिकोणलाई राजनीतिक पूर्वाग्रहले हेर्न नहुने बताउँदै भन्नुभयो – “पद्मरत्न काठमाडौँले जन्माएको नेता हुनुहुन्छ, उहाँले आफ्नो राम्रो कामबाट काठमाडौँको छवि नै उठाइदिनुभयो ।”
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा