
पेरिस। कोभिड–१९ महामारीबाट विश्वभरमा ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब दुई वर्षअघिबाट शुरु भएको यस प्रकोपको कारण विश्वभरी ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ । चालिस लाख व्यक्तिको मृत्यु दर्ता भएको करिब चार महिनापछि दिइएको जानकारीअनुसार कोरोना सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिको संख्या ५० लाख नाघेको हो ।
विश्वका अरबौं मानिसहरुले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदर दरमा केही कमी आएको छ । गत अक्टोबरको शुरुपछि करिब एक वर्षमा पहिलो पटक विश्वव्यापी रुपमा दैनिक मृत्युको संख्या ८ हजार भन्दा कम भएको छ ।
यद्यपी युरोपमा दुई महिनायता पहिलो पटक कोभिड–१९ का सङ्क्रमित र मृत्युको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीबार जारी रहेको पत्रकार सम्मेलनमा बताउनु भएको छ । रुसमा हाल सङ्क्रमण र मृत्यु नयाँ रेकर्ड कायम भएको छ । गत अक्टोबर २० देखि औसतमा दैनिक एक हजार भन्दा बढी भएको मृत्यु हुदै आएको छ । रुसमा कोरोना सङ्क्रमणको कारण गत नोभेम्बर १ सम्ममा दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भईसकेको छ ।
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण