काठमाडौँ । १ नम्बर प्रदेश र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरुले सोमबार राजिनामा दिएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार राजिनामा दिएको घोषणा गरेका छन् ।
मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएपछि कांगेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।
कांग्रेस प्रदेशसभा दलका नेता जीवन शाहीले मुख्यमन्त्रीकै सहमतिअनुसार आफू मुख्यमन्त्री बन्ने बताउनुभयो । “हामीबीच भद्र सहमतिअनुसार उहाँले राजीनामा दिनुभएको छ,” उहाँले भन्नुभयो, “मुख्यमन्त्रीले राजीनामापश्चात् दुई/चार दिन पर्खन अनुरोध गरे त्यहीअनुसार आफू मुख्यमन्त्री बन्ने सोच गरेको छु ।”
यसैगरी, प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिने जानकारी दिनुभएको हो ।
प्रदेशसभाको हिउँदे तथा आठौँ अधिवेशनको आज बसेको बैठकमा प्रदेशसभामा नेकपा एमालेतर्फका सांसदको बहुमत नरहेका कारण राजीनामाको घोषणा गर्नुभएको थियो । मुख्यमन्त्री आचार्यले गत भदौ १० गते मुख्यमन्त्रीको शपथ लिनुभएको थियो ।
मुख्यमन्त्री आचार्यले आजको बैठकमा विश्वासको मत लिन यसअघि नै प्रस्ताव पेश गर्नुभएको थियो । उहाँको पक्षमा बहुमत नदेखिएपछि राजीनामा दिने निष्कर्षमा पुग्नुभएको हो । आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक हुनुको विकल्प नभएको बताउनुभयो ।
हालै लोकतन्त्र र संविधानका लागि सङ्घर्ष गरेर आएका दलहरुले यसको रक्षाका निम्ति पनि एकजुट हुनुको विकल्प नरहेको भन्दै आफ्नो नेतृत्वको सरकारले छोटो समयमा पनि रचनात्मक कार्य गरेको बताउनुभयो । त्यसपछि सभामुख प्रदीपकुमार भण्डारीले अर्को बैठक कात्तिक २३ गते दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा