काठमाडौँ। नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित हुनुभएको छ । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ऐटना कार्की, राजेन्द्र राई, महासचिवमा सङ्गीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्षअख पुष्कर बराल, सहकोषाध्यक्षअख पूजा न्यौपाने र युथ कोर्डिनेटरमा दिलीपकुमार श्रीष निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सोमनाथ घिमिरेले राससलाई जानकारी दिनुभयो ।
यस्तै बोर्ड सदस्यमा चिनियालाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, नवीन श्रेष्ठ र माया राई निर्विरोध निर्वाचित हुनुभएको छ । उक्त कार्यक्रममा महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपाली कला क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनका लागि नेपाली अमेरिकन कलाकार सङ्घले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सङ्घका प्रमुख संरक्षक अभय ढुङ्गेल, वरिष्ठ कलाकार डा महेशराज ठाकुर, न्हुच्छेनारायण डङ्गोल, नरबहादुर दाहाल, आङ गेलु शेर्पा, गोमा योन्जन गुरुङ, नरवीर गुरुङ, सन्जोक लामा योन्जन, नायक विक्रान्त बस्नेत, पत्रकार दिवाकर बागचन्दलगायतको उपस्थिति रहेको थियो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै