काठमाडौँ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । दुवै टोलीले एक/एक गोलको बराबरी खेलेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर अघि नेपाल र भारतबीच एक/एक गोलको बराबरीमा खेल सकिएको छ । नेपालले पहिलो हाफमा अग्रता लिएको थियो । सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नु परेको हो । नेपाल पहिलो हाफमा १–० गोलले अगाडि रहेको थियो । नेपालका लागि खेलको ३६औंँ मिनेटमा अञ्जन विष्टले गोल गर्नुभएको हो । पहिलो हाफमा भारतीय टोलीले पनि गोलको प्रयास गरे पनि सफल भने हुनसकेन ।
नेपालले दोस्रो हाफमा पनि गोलको प्रयास गरेको थियो । भारतीय गोलकिपर गुरप्रितसिंह सान्धुले नेपाली टोलीको प्रयास विफल पारिदिनुभयो । मध्यान्तरपछिको खेलमा भारतले नेपालविरुद्ध गोल गर्न सफल भयो । खेलको ६०औँ मिनेटमा भारतका लागि अनिरुद्ध थापाले गोल गर्नुभएको थियो । गोलकिपर किरणकुमार चेम्जोङले उहाँको प्रहार रोक्न सक्नु भएन । आजको खेलसँगै नेपाली गोलकिपर चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाउनुभएका विराज महर्जनसित बराबरी गर्नुभएको छ । महर्जनले नेपाली टोलीबाट सन्यास लिइसक्नु भएको छ । महर्जन र चेम्जोङ नेपाली टोलीबाट समान ७३ खेल खेल्नुभएको छ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार दशरथ रङ्गशालामा हुनेछ ।
नेपाल र भारबीच आजसहित फुटबलमा २० पटक भिडन्त भएको छ । भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सकेको छ । पाँच खेलमा दुवै टोलीले बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घको (फिफा) वरियतानुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा रहेको छ ।
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?