लण्डन । गैरआवासीय नेपाली संघ युकेले सेप्टेम्बर १९ को साँझ एक च्यारिटी डिनर कार्यक्रम गर्ने भएको छ ।
संघका अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा सोमबार बसेको भर्चुअल बैठकले आगामी सेप्टेम्बर १९ मा हुने ग्लोबल हेल्थ कन्फरेन्स कार्यक्रमपश्चात सोही स्थानमा एक च्यारिटी डिनर कार्यक्रम गर्ने निर्णय गरेको हो ।
सो कार्यक्रम च्यारिटी विभागको आयोजनामा हुने र संयोजन च्यारिटी विभाग प्रमुख उपाध्यक्ष गोविन्द खरेलले गर्ने निर्णय गरिएको छ ।
बैठकमा संघको आसन्न महाधिवेशन युकेबाट भाग लिने प्रतिनिधिहरुको नामावली बारे कार्य समितिलाई अध्यक्ष प्रेम गाहा मगर र उपाध्यक्ष नारायणदत्त कँडेलले जानकारी दिई उठेका जिज्ञासाहरुको जवाफ दिने प्रयास गरेका थिए ।
बैठकमा कार्यसमितिमा मनोनित गरिने सदस्यहरुका बारेमा विधानमा अस्पष्टता देखिएकोले स्पष्ट पार्ने जिम्मा उपाध्यक्षत्रय नारायण कँडेल, रामचन्द्र पोखरेल र गोविन्द खरेललाई दिइएको छ ।
यसैगरी संघले अक्टोबर २ मा एक धन्यवाद – शपथ ग्रहण – सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सो कार्यक्रम अल्डरसटस्थित पालेसमा आयोजना गरिने र सो कार्यक्रममा नवनियुक्त सल्लाहकारहरु र संरक्षक परिषदलाई सम्मान गर्ने, कार्यसमितिमा मनोनित सदस्यहरुलाई शपथ गराउने र निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरिने छ । सोको संयोजनको जिम्मा महासचिव खुशी लिम्बुलाई दिइएको छ ।
संघका सल्लाहकारहरुको नामावली सेप्टेम्बर ६ भित्र तयार पार्ने र सेप्टेम्बर १३ को जूम बैठकमा नामावलीउपर कार्यसमितिमा छलफल गर्ने र आवश्यक परिमार्जनसहित उक्त नामावलीलाई सेप्टेम्बर २७ भित्रमा अन्तिम रुप दिने निर्णय गरिएको छ ।
संघको कार्यालय स्थापना बारे कोषाध्यक्ष विष्णु खरेलले एनआरएनए यूकेको कार्यालय स्थापनार्थ भइरहेका गतिविधिहरुबारे कार्यसमितिलाई जानकारी दिनुभएको थियो । बैठकमा अध्यक्ष प्रेम गाहा मगरले कोषाध्यक्ष बिष्णु खरेललाई अल्डरशटमा कार्यालय स्थापनार्थ उपाध्यक्ष सुनिलबाबु खड्का र प्रवक्ता भरतमणी चोङबाङसंग पनि आवश्यक सल्लाह र सहयोग लिएर कार्य गर्न सल्लाह दिनु भयो ।
बैठकमा कोषाध्यक्ष विष्णु खरेलले आफ्नो आर्थिक विभागमा सहसंयोजक १, सदस्य सचिव १, सदस्य १ र सल्लाहकार १ गरी चार जना सदस्यहरु मनोनयन गर्ने र उनीहरुको नामावली अर्को बैठकमा पेश गर्ने भनी बैठकलाई जानकारी गराए । यस्तै प्रेस मिडिया विभाग बारेमा प्रवक्ता भरतमणी चोङबाङले पनि आफ्नो प्रेस तथा प्रचारप्रसार विभागमा सहसंयोजक १, सदस्य सचिव १ र सदस्यहरु २ गरी बढीमा चार जना सदस्यहरु मनोनयन गर्ने र उनीहरुको नामावली अर्को बैठकमा पेश गर्ने भनी बैठकलाई जानकारी गराए ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै