लण्डन । पासा पुन गुठी युके लण्डनले क्वाटी पुन्ही तथा वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
गुठीकी अध्यक्ष रुक्मिणी मानन्धरको अध्यक्षतामा पार्लियामेण्ट हिल पार्कमा भएको सो कार्यक्रममा संस्थापक महन्त श्रेष्ठ, सल्लाहकार अमृतरत्न स्थापित, पूर्व अध्यक्ष संयुक्त श्रेष्ठ, पासा पुच गुठी युकेका बोर्ड अफ ट्रष्टीज अध्यक्ष ओजेश डङ्गोल लगायतका अतिथि, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महासचिव प्रनिशा शाक्यले पासा पुच गुठी लण्डनका १० वटा मुख्य गतिविधिहरु समेटिएको प्रतिवेदन पेश गर्नुभएको थियो । गत वर्ष पुचले गरेका सबै कार्यक्रमहरु अनलाइन भएको र ती कार्यक्रमहरु करिब १७ हजारले अवलोकन गरेका थिए ।
संस्थाका कोषाध्यक्ष सविता मानन्धर र सहकोषाध्यक्ष रोजी मानन्धरले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उपाध्यक्ष सन्दीप श्रेष्ठले कोभिड १९ का बारेमा गरिएको आर्थिक सहयोग अभियानको प्रतिवेदन सुनाएका थिए । पासा पुच लण्डनले कोभिड अभियानमा नेपालमा सहयोगका लागि करिब ९ हजार पाउण्ड सहयोग संकलन गरेको थियो ।
साधारण सभामा धन्यवाद उपाध्यक्ष मेनका श्रेष्ठले दिएकी थिइन् भने संस्थापक महन्त श्रेष्ठले समुदायको सेवाका लागि कार्यसमितिलाई धन्यवाद दिएका थिए ।
साधारणसभा पछि लन्च तथा परम्परागत नेवारी खाना क्वाटी खुवाइएको थियो ।
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन