काठमाडौँ । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ ।
स्थानीय बयोधा अस्पतालमा उहाँको निधन भएको हो । उहाँ ७८ वर्षको हुनुहुन्थ्यो । उहाँ संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष हुनुहुन्थ्यो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गायक टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै शोक प्रकट गर्नुभएको छ । प्रधानमन्त्रीले स्वर्गीय कलाकारको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन