ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए १५ उत्कृष्ट प्रतियोगी

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जना छनाेट भएका छन् ।

‘नेपाली कला, संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन– १को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट १५ जना छनाेट भएका हुन् ।

गाला राउन्डको तेस्रो चरणबाट उत्कृष्ट १५ जनाको छनाेट गरिएको हो । ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलालको ६० अंक र ४० प्रतिशत दर्शकको भोटमार्फत् प्राप्त ४० अंकबाट १५ जना उत्कृष्ट प्रतिस्पर्धी छानिएका हुन् ।

१५ जना उत्कृष्ट प्रतिस्पर्धीमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुबेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), कविता आरबिएम (युएई), सुरेन घताङ ‘शिव’ (कोरिया) छन् ।

त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुवेत), रामचन्द्र राई (कतार), कृष्ण खवास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङ्दान (बहराइन) उत्कृष्ट २० मा परेका छन् ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीकाअनुसार निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धीलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन् ।

एनआरएनए मध्यपूर्व युवा संयोजक रेग्मीको अध्यक्षतामा सम्पन्न गाला राउन्डको तेस्रो चरणमा २० जना प्रतिस्पर्धीले प्रस्तुती दिएका थिए । गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भएपनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत् गरिएको रेग्मीले बताएका छन् ।

रेग्मीकाअनुसार ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

विजेताले सात लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्रान्ड फिनालेमा प्रवेश पाउने ५ जनाप्रतियोगीलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री