न्यूयोर्क । तेश्रो नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०२१ मा आदिवासी जनजातिका विषयमा बनाइएका ७ वटा चलचित्र प्रदर्शन गरिने भएको छ ।
२७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले आयोजना गरेको महोत्सवमा गुरुङ जातिको मि न्होर्वै ट, तामाङ जातिको प्रङ्ना, मगर जातिको ट्याङचालक, लिम्बु जातिको के, राई जातिको सायाबुङ, नेवार जाति जा मनःगुभाजु, ह्योल्मो जातिको मेतोक प्रदर्शन गरिने महासंघका महासचिव नरेन्द्र थापाले जानकारी दिए ।
महोत्सव यही अगष्ट २१ र २२ तारिखका दिन न्यूयोकको ज्याक्सन हाइटमा अवस्थित गुल्सन ट्यारेशमा आयोजना हुँदैछ ।
‘कसैलाई पछाडि नछाडौं : आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आव्हान’ नारासहित विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व आदिवासी जनजाति दिवस मनाइरहेका छन् ।
विभिन्न जनजाति समुदायको मातृभाषामा निर्माण गरिएका १५ वटा चलचित्र मध्येबाट छनौटमा परेका ७ वटा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
फिप्नाका अध्यक्ष लोक चेम्जोङले नेपालका आदिवासी चलचित्र मार्फत जनजातिको भाषा, भेषभूषा, संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले महोत्सवमा चलचित्र सहभागिता गराउने सम्पूर्ण चलचित्रकर्मीहरुलाई धन्यवाद व्यक्त गर्दै अन्तिम छनौटमा परेका चलचित्रहरुलाई बधाई सहित शुभकामना व्यक्त गरेका छन् ।
चलचित्र महोत्सवले आदिवासी जनजाति चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पुर्याउने आयोजकको अपेक्षा छ । नेपाल आदिवासी चलचित्र महोत्सव निफले यस वर्ष तेश्रोपटक महोत्सव आयोजना गरेको हो ।
शनिबार र आइतबार दुइ दिनसम्म चल्ने महोत्सवमा विभिन्न १० वटा विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । छनौटमा परेका ७ चलचित्र नेपाल आदिवासी जनजाति चलचित्र महासंघ नेपालले संकलन गरी पठाएको हो । चलचित्र छनौटको लागि सम्बन्धित भाषाको जातीय संस्थाहरुलाई जिम्मेवारी दिइएको थियो । महोत्सवमा लोकप्रिय गायकहरु जगदिश समाल र मंगोयिन हार्टका राजु लामाले गीत प्रस्तुत गर्दैछन् । कार्यक्रम मीस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गर्दैछिन् ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती