सर्वोच्च अदालतद्वारा अनसनमा बसेका गोरखाहरुको जीवन रक्षाका लागि पहल गर्न आदेश

लण्डन । सर्वोच्च अदालतले समान पेन्सनको माग राखी बेलायतमा अनसनरत गोरखाहरुको जीवन रक्षाका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले आज बेलायतस्थित दुताबासबाट अनसनमा बसेका नेपाली नागरिकहरुको जीवन रक्षाका लागि जो जे गर्नु छ आवश्यक व्यवस्था मिलाउनु भनी नेपाल सरकार, परराष्ट्र मन्त्रालयको नाममन अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि वरिष्ठ अधिवक्ता डा युवराज संग्रौलाले नेपाल सरकारले अनसनप्रति कुनै चासो नदेखाएको, मौन बसेको र अकर्मण्यताले अनसनमा बसेका तीन नेपाली नागरिकहरुको मानवअधिकार हनन् भएको भन्दै वार्ताको स्थल तथा मिति तोक्न र उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।

सो रिटमा संग्रौलालगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री