लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको हालै सम्पन्न निर्वाचनमा निर्वाचित मगरहरुलाई मगर संघ युकेले बधाई तथा शुभकामना दिएको छ ।
मंगलबार मगर संघको भवन फार्नब्रोमा आयोजित कार्यक्रममा संघका अध्यक्ष ले. रि. सुनिल रानाले एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहामगर, सचिव ज्ञानेन्द्र आले मगर, सदस्यद्वय चम्पा थापा मगर र चेतन राना मगरलाई फेटा लगाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।
सो अवसरमा संघका पूर्व अध्यक्ष, कार्यसमितिका पदाधिकारी तथा सदस्य तथा ट्रस्टीहरु, सल्लाहकारहरु, शाखाका अध्यक्षहरु, मगर बिजनेस फोरमका अध्यक्ष लगायतले नेपाली चलनअनुसार फेटा तथा खादा ओढाइ सम्मान गरिएको थियो भने मगर महिला संघले फूलको गुच्छा र खादाले बधाई तथा शुभकामना दिएको थियो।
कार्यक्रममा गाहा मगरले अत्यन्तै भावुक हुँदै सन् २०२१-२३ को लागि एनआरएनए युके जस्तो ठूलो संस्थाको गरिमामय पदमा विजयी गराइ दिनु भएकोमा आफ्नो ब्यक्तिगत तथा सबै कार्यसमितिको तर्फबाट मगर संघलाई धन्यवाद तथा आभार प्रकट गर्नु भएको थियो । साथै आगामी दिनहरुमा साथ र सहयोगको पनि अपेक्षा व्यक्त गर्नुभयो । अबको समय निकै नै चुनौतीपूर्ण रहेको र दुई वर्षको संस्थाकै लागि दिने, सबैसँग मिलेर आफ्नो एजेन्डालाई प्राथमिकताको आधारमा रात दिन लाग्ने प्रतिबद्धता पनि जाहेर गर्नु भएको थियो। अहिले अनसनमा बस्नु हुने गोरखाहरुलाई सम्मान गर्दै यो जीवनको सवाल भएकाले यथाशीघ्र गोर्खाको माग सम्बोधन गर्न बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएको जानकारी समेत दिनु भयो।
सचिव ज्ञानेन्द्र आले मगरले यहाँसम्म ल्याइ दिनु भएकोमा संघलाई धन्यवाद दिँदै संस्थाको हितको लागि सबैजनासँग मिलेर ठोस काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । अर्का सदस्य चम्म्पा थापा मगरले पनि आफूलाई विजयी गराएकोमा संघ प्रति ऋणी छु भन्दै अत्यन्तै आभारी भएको बताउनु भयो । अर्का सदस्य चेतन राना मगरले हरेक कुरा सिक्ने क्रममा रहेको र संस्थामा सिक्ने र धेरै ब्यक्ति ब्यक्तित्वसँग काम गर्दै भविष्यमा अझै जिम्मेवार पद सम्हाल्ने इच्छा व्यक्त गर्नु भयो ।
अध्यक्ष सुनिल रानाको अध्यक्षता र महासचिव रुद्र थापाको सन्चालनमा भएको कार्यक्रममा मगर महिला संघ युकेका सल्लाहकार नरमती पुनले चारैजना मगर भाइहरुलाइ विजयी भएको देख्दा हर्षले छाती फुलेको छ भन्दै राम्रो काम गरेर उच्च ठाउँमा नाम राख्न सुझाव दिनुभयो । मगर संघका ट्रस्टी गोमा रानाले छोटो कवितामा नै बधाई शुभकामना दिनुभयो।
अन्त्यमा अध्यक्ष राना मगरले आफ्नै कार्यकालमा दुईचोटी चुनावको अनुभवको कुरा राख्दै अध्यक्ष प्रेम गाहा लगायत सबै कार्यसमितिले विगतका कमी कमजोरीलाई मनन गरेर विश्वास आर्जन गर्न सबैसँग मिलेर काम गर्ने, बैठकमा सर्वसाधारण जनताको भनाइलाई सुन्ने र मौका दिने, गैर आवासीय नेपाली संघ युकेको छवि अझै सुधार्दै सबैको मन जित्ने संस्था बनोस् भनी बधाई तथा शुभकामना दिएका थिए ।
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने