कोरोना संक्रमणबाट छायांकार भीम रानाको निधन

काठमाडौं । नेपाली चलचित्रका वरिष्ठ छायाँकार भीम रानाको निधन भएको छ ।

लामो समयदेखि कोभिड–१९ को उपचार गराइरहेका रानाको मंगलबार बिहान साढे ८ बजे निधन भएको चलचित्र लेखक प्रदीप भारद्वाजले जानकारी दिए ।

दुई दर्जनभन्दा बढी नेपाली चलचित्रको छायाँकन गरेका राना चलचित्र निर्माता पनि थिए । उनले सिनेमास्कोप चलचित्र ‘माइली’ निर्माण गरेका थिए । एक वर्षभित्र नेपाली चलचित्र उद्योगले चारजना वरिष्ठ छायाँकारलाई गुमाइसकेको छ । यसअघि वैकुण्ठ मास्के, जावेद शाह, रामशंकर प्रधानको निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री