लण्डन । पूर्व गोरखा सैनिककी छोरी अस्मिता आले बेलायतको एक ठूलो फुटबल क्लव टोटनमबाट खेल्ने भएकी छिन् ।
रक्षा पंक्तिमा रहेर खेल्ने आलेले शुक्रबार टोटनम फुटबल क्लवसित सन् २०२३ सम्मको लागि सम्झौता गरेकी छिन् ।
१९ वर्षीया उनले टोटनम महिला फुटबल टीमकी मुख्य टीमबाट खेल्नेछिन् । उनको जर्सी नम्बर १३ रहेको छ ।
यसअघि आस्टोन भिल्ला फुटबल क्लवबाट उनले फुटबल खेल्ने गरेकी थिइन् । व्यावसायिक फुटबल खेल शुरु गरेको छोटो समयमा नै उनले खेलमा महत्वपूर्ण प्रगति गरेकी थिइन जसका कारण गतवर्ष उनलाई प्लेयर्स प्लेयर अफ दी सिजन उपाधि पनि दिइएको थियो ।
टोट्टनहमसित सम्झौता गरेपछि उनले भनेकी छिन्, “टोटनहमजस्तो प्रख्यात फुटबल क्लवसँग जोडिन पाएकोमा म असाध्यै खुशी छु । रिहान (क्लवकी मुख्य प्रशिक्षक), क्लवका कर्मचारी र खेलाडीहरुसित मैले चाहेको जस्तै आकांक्षा पाएँ । म रिहानसित फेरि काम गर्न पाउने आशा गर्छु र सकेसम्म सिक्नेछु । खेल्न शुरु गर्न म आतुर छु र आशा छ म टीमलाई राम्रो बनाउन सहयोग गर्न सक्नेछु ।”
क्लवकी मुख्य प्रशिक्षक रिहान स्कीनरले अस्मिता प्रभावशाली युवा खेलाडी भएको र उनले बितेको केही वर्षमै वुमन सुपरलिग र युवा अन्तर्राष्ट्रिय टीममा महत्वपूर्ण प्रगति गरेको बताइन् । ”उनलाई आफ्नो टीममा राख्न पाउँदा म उत्साहित छु र उनीसित ठूलो सम्भावना छ जुन उनले गत सिजनमा नै लिगमा देखाइसकेकी छिन् । अस्मिताले बलियो रक्षा पंक्तिका साथै खेल मैदानका आक्रामक क्षेत्रहरुमा पुग्नसक्ने क्षमता लिएर आएकी छिन जसले टीमलाई बलियो बनाउनेछ” उनले भनेकी छिन् ।
अस्मिताका पिता अमृतका अनुसार अस्मितालाई गत सिजनको लिग विजेता चेल्सी र म्यानचेष्टर सिटीबाट पनि प्रस्ताव आएको थियो । तर अस्मिताले आफ्नो खेल सीपको विकासका लागि टोट्टनहम नै रोजेको बताए । जसका पछाडि टोटनमकी मुख्य प्रशिक्षक रिहानसित अस्मिताले पहिले पनि इङल्याण्डको अण्डर १९ महिला टीममा काम गरिसकेको एक कारण भएको उनले थपे । ”आस्टोन भिल्लामा करार सम्झौता सकिए पनि नयाँ सम्झौताको लागि अफर आएको थियो तर आफ्नो सीप विकास गर्न टोटनम उचित क्लव भएको छोरीले निस्कर्ष निकालिन्” उनले भने ।
आस्टोन भिल्ला र टोट्नमको आपसी लेनदेन मिलाउन समय लागेका कारण उनले शुक्रबार मात्र सम्झौता गरेकी हुन् । उनी टोट्नमसित करिब एक महिनादेखि तालिममा छिन् ।
उनले इङल्याण्डको महिला फुटबल तर्फको सबैभन्दा माथिल्लो लिग वुमन सुपर लिगमा आस्टोन भिल्ला क्लवबाट दुई वर्ष खेलिसकेकी छिन् । साथै इङल्याण्डको अण्डर १९ महिला राष्ट्रिय टीममा पनि उनी आवद्ध छिन् । उनको लक्ष्य इङल्याण्डको राष्ट्रिय महिला टीमबाट खेल्ने रहेको छ ।
तनहुँ दमौली पुर्ख्यौली घर भएकी अस्मिताका पिता पूर्व गोरखा सैनिक हुन् । उनी नेपालको राष्ट्रिय स्क्वास खेलाडी पनि हुन् । हाल अस्मिता आमा बसन्ती, बाबा अमृत र दाजु असिमसहित युकेको ननिटनमा बस्दै आएकी छिन् । अस्मिताका दाइ पनि फुटबल खेलाडी हुन् ।
https://www.wenepali.com/2017/01/29170.html
https://www.wenepali.com/2021/05/78201.html
https://www.wenepali.com/2016/02/17397.html
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता