लण्डन । पूर्व गोरखा सैनिकको छोरी अस्मिता आले इङ्ल्याण्डको १६ वर्षमुनीको महिला राष्ट्रिय टोलीमा छनोट भएकी छिन् ।
उनले अर्को महिना इङ्ल्याण्डमा आयोजना हुने युइएफए डेभलपमेन्ट टुनामेन्टमा इङ्ल्याण्डको प्रतिनिधित्व गर्दै खेल्नेछिन् ।
पिता अमृत आलेका अनुसार फेब्रुअरीको १० देखि १७ सम्म सो प्रतियोगिताका लागि अस्मितालाई उपलब्ध गराइदिन फुटबल एसोसिएसन (एफए) ले अनुरोध गरेको छ ।
सो टुनामेन्टमा स्पेन इटली र फिनल्याण्डको टोलीसित इङ्ल्याण्डको टोलीको प्रतिस्पर्धा हुने बताइएको छ ।
अरुबेला अास्टोन भिल्ला क्लवबाट ५ नम्बरको जर्सी लाएर खेल्ने अस्मिताको रोजाइको पोजिसन सेन्टर ब्याक हो । तर आवश्यकताअनुसार उनी अरु पोजिसनमा पनि खेल्ने गर्छिन् ।
अस्मिताका पिता अमृत आले क्वीन्स गोरखा सिग्नलका पूर्व गोरखा सैनिक हुन । उनी अहिले परिवारसहित युकेको ननिङटनमा बस्दै आएका छन् ।
यसअघि अस्मिता इंग्ल्याण्डको स्कुल र कलेजको फुटबल संचालन गर्ने निकाय इंगलिस स्कुल्स फुटबल एसोसिएसन (इएसएफए) मातहतको १५ वर्षमुनीको स्कुलस्तरिय अन्तर्राष्ट्रिय छात्रा फुटबल टोलीमा छानिएकी थिइन् ।
उनका पिता स्क्वास खेलमा नेपालका पूर्व नेशनल खेलाडी हुन् भने दाजु असिम ननिङटन युथ क्लवमा फुटबल खेल्ने गर्छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ