लण्डन । इङल्याण्डको महिला फुटबलमा एक नेपाली छोरीले आशालाग्दो सम्भावना देखाएकी छिन् ।
पूर्व गोरखा सैनिक अमृत आले र बसन्ती थापाकी सुपुत्री अस्मिता आलेले मौका पाएको खण्डमा नेपाली छोरीहरु पनि कम छैनन् भन्ने साबित गर्न थालेकी छिन् । हाल आस्टोन भिल्ला फुटबल क्लवमा आवद्ध अस्मिता यस सन् २०२०/२१ का लागि ‘प्लेयर अफ द सिजन’ भएकी छिन् । आलेलाई उनको टीमले सबैभन्दा बढी भोट दिएर प्लेयर अफ द सिजन छानेको हो । उनीसितै अलिसा एनडाउ, अनिता आसान्ते, जीडी हटन र लिसा वेइब प्लेयर अफ द सिजनको दौडमा थिए । आले लेखिएको तीन नम्बरको जर्सी लाएर डिफेन्डरको भूमिकामा खेल्ने अस्मिता अरु चार प्रतिस्पर्धीलाई पछि पार्दै मंगलबार प्लेयर अफ द सिजन भएकी हुन् ।
आठ वर्षको उमेरदेखि आस्टोन भिल्ला क्लवमा आवद्ध भएकी अस्मिताले १६ वर्षको उमेरमा सन् २०१७/१८ देखि पहिलो टीममा खेल्न शुरु गरेकी थिइन् । सन् २०१९ देखि उनले महिला फुटबलको मुख्यटीमको सम्झौता पाएकी थिइन् । अहिले २० वर्षमा हिँड्दै गरेकी आलेले यसअघि इङल्याण्डको १९ वर्षमुनीको टीमबाट युरोपियन च्याम्पियनसीपमा पनि खेलेकी थिइन् ।
आस्टोन भिल्ला इङल्याण्डको महिला फुटबल लिगको माथिल्लो लिग बार्कलेज एफए सुपरलिगमा छ । यस सिजनका कुल २२ खेलमध्ये अस्मिताले १९ वटा खेल खेलेकी थिइन् जसमा १७ वटा खेलमा उनले शुरुवातदेखि खेलेकी थिइन् भने दुईवटामा मात्र अरुलाई बदली दिएकी थिइन् ।
तनहुँ पुर्ख्यौली घर भएकी उनी अहिले आफ्ना आमा, बुबा र दाजुको साथ बेलायतको ननिटनमा बस्छिन् ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’