लण्डन । इङल्याण्डको महिला फुटबलमा एक नेपाली छोरीले आशालाग्दो सम्भावना देखाएकी छिन् ।
पूर्व गोरखा सैनिक अमृत आले र बसन्ती थापाकी सुपुत्री अस्मिता आलेले मौका पाएको खण्डमा नेपाली छोरीहरु पनि कम छैनन् भन्ने साबित गर्न थालेकी छिन् । हाल आस्टोन भिल्ला फुटबल क्लवमा आवद्ध अस्मिता यस सन् २०२०/२१ का लागि ‘प्लेयर अफ द सिजन’ भएकी छिन् । आलेलाई उनको टीमले सबैभन्दा बढी भोट दिएर प्लेयर अफ द सिजन छानेको हो । उनीसितै अलिसा एनडाउ, अनिता आसान्ते, जीडी हटन र लिसा वेइब प्लेयर अफ द सिजनको दौडमा थिए । आले लेखिएको तीन नम्बरको जर्सी लाएर डिफेन्डरको भूमिकामा खेल्ने अस्मिता अरु चार प्रतिस्पर्धीलाई पछि पार्दै मंगलबार प्लेयर अफ द सिजन भएकी हुन् ।
आठ वर्षको उमेरदेखि आस्टोन भिल्ला क्लवमा आवद्ध भएकी अस्मिताले १६ वर्षको उमेरमा सन् २०१७/१८ देखि पहिलो टीममा खेल्न शुरु गरेकी थिइन् । सन् २०१९ देखि उनले महिला फुटबलको मुख्यटीमको सम्झौता पाएकी थिइन् । अहिले २० वर्षमा हिँड्दै गरेकी आलेले यसअघि इङल्याण्डको १९ वर्षमुनीको टीमबाट युरोपियन च्याम्पियनसीपमा पनि खेलेकी थिइन् ।
आस्टोन भिल्ला इङल्याण्डको महिला फुटबल लिगको माथिल्लो लिग बार्कलेज एफए सुपरलिगमा छ । यस सिजनका कुल २२ खेलमध्ये अस्मिताले १९ वटा खेल खेलेकी थिइन् जसमा १७ वटा खेलमा उनले शुरुवातदेखि खेलेकी थिइन् भने दुईवटामा मात्र अरुलाई बदली दिएकी थिइन् ।
तनहुँ पुर्ख्यौली घर भएकी उनी अहिले आफ्ना आमा, बुबा र दाजुको साथ बेलायतको ननिटनमा बस्छिन् ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया