लन्डन। विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली सङ्घले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को उद्घाटन गरिएको छ ।
आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा सङ्घका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँस्कोटाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष पन्तले यो कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्न विश्वास लिएको बताउनुभयो ।
संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले यो कार्यक्रम सफल बनाउनका लागि देशविदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गर्नुभयो । उहाँले यो प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको हुने बताउनुभयो ।
प्रिअडिशनपछि नेपालका टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ । प्रतियोगिताका केही एपिसोड नेपालमा पनि हुनेछन् । त्यसका लागि अवस्था पनि हेर्नुपर्ने हुन्छ । त्यो बेलासम्म महामारीको अवस्था कस्तो हुन्छ त्यसअनुसार पनि निर्णय हुने बताइएको छ । कति अडिशन भर्चुअल गर्ने र कति भौतिक रुपमै गर्ने भन्ने कुरा त्यही अवस्थाअनुसार हुने गौतमको भनाइ थियो ।
निर्णायक समितिका प्रमुख निर्णायक बाँस्कोटाले सबै नेपालीको साथ र सहयोगबाट एनआरएनएको यो ऐतिहासिक साङ्गीतिक कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले विदेशमा पनि ठूलो नेपाल छ, नेपाली छन्, भाषा, साहित्य र संस्कृति छ भन्ने कुरा दर्शाउन यो कार्यक्रमले इँटा थप्ने भनाइ राख्नुभयो ।
कार्यक्रममा निर्णायक शम्भु राई, आइसिसी सदस्य तृष्णा शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । उद्घाटनपछि प्रिअडिशन आइतबारदेखि खुला भइसकेको छ । डायस्पोराका नेपाली भाषी अग्रज र अनुजका स्वर प्रतिभा पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ शुरु गरेको हो ।
कार्यक्रममा प्रथम पुरस्कार रु १५ लाख, द्वितीय पुरस्कार रु सात लाख र तृतीय पुरस्कार रु चार लाख तोकिएको आयोजकले जनाएका छन् । ‘एनआरएन द सिङ्गर’ नामको मोबाइल एपमा डाउनलोड गरेर प्रतियोगीले त्यसैमा आफ्नो गीतको भिडियो राख्न सक्नेछन् । भिडियो फाइल र त्यसको लिङ्कसमेत एपमा राख्न सकिनेछ । यो एपमा कार्यक्रमबारे जानकारी पनि हुनेछ भने प्रतियोगीका लागि भोटिङका लागि पनि यो एप प्रयोग हुनेछ ।
‘खोजी : एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार बाँस्कोटा, गायक राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहनुभएको छ ।
वरिष्ठ सङ्गीतकार तथा निर्णायक मण्डलका प्रमुख निर्णायक बाँस्कोटाले विश्वभरि छरिएका नेपाली सङ्गीतकर्मी र कलाकारलाई कार्यक्रममा जोड्न सुझाव दिँदै यो कार्यक्रमले नेपाली कला क्षेत्रलाई माथि पु¥याउने र नेपाली भाषीलाई नेपाली गीतसङ्गीत सिक्न प्रोत्साहित गर्ने अपेक्षा पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा पत्रकारले राखेका जिज्ञासाको मूल आयोजक समितिका हिक्मत थापा, गोविन्दप्रसाद गौतम, गणेशराज गौतम, रमण झा लगायतले जवाफ दिएका थिए । यो कार्यक्रमको सहउत्पादन टेक क्राफ्ट अस्ट्रेलियाले गरिरहेको छ भने सुवी टेक्नोलोजी प्रविधि पार्टनरका रुपमा रहेका छन् ।
संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मूल आयोजक समितिका सचिव खड्ग न्यौपानेले गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ