बिहीबार, साउन २१ २०७८ | Thu, August 05, 2021
नेपालको समय: ०३:२० | UK Time: 22:35

राजेश पायल राई र उर्मिला राईको मायाको बोलीले (भिडियोसहित)

वीनेपाली
२०७८ असार १० गते १०:३३

काठमाडौँ । लोकप्रिय गायक राजेशपायल राई र गायिका उर्मिला राईको आवाजमा ‘मायाको बोलीले’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार  टीका चाम्लिङको शब्द, सङ्गीतकार पदम राजन मगरको सङ्गीत, सङ्गीत संयोजन  र मुस्कान मुकारुङको  मिक्सिङ तथा मास्टरिङ रहेको उक्त गीतको स्टुडियो भिडियो सेवा रेकर्डिङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

मायाप्रेमसँग सम्बन्धित गीत कर्णप्रिय रहेको छ । मनोज राईको छायांकन तथा सम्पादनमा भिडियो तयार भएको हो । गीतकार तथा निर्देशक जीवन मुकारुङ मायाको बोलीले बोलको गीतले सङ्गीतका पारखीहरूको आँत भरिने विश्वास व्यक्त गर्छन् ।

https://www.youtube.com/watch?v=6WaVOgNsuwA

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक